मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा बाटो खन्न गएको डोजरमा तोडफोड र आगजनी गरिएको छ।आफ्नो बारी खन्नुपरेको भन्दै स्थानीय पदमदेवी उप्रेती र उनकी बुहारी बेनिशा चौलागाईंले डोजरमा आगजनी र तोडफोड गरेका हुन्।नगरपालिकाको निर्णय अनुसार वैशाख ४ गते स्थानीय, जनप्रतिनिधि र प्रहरीले बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासु-बुहारीले डोजरमा तोडफोड र आगजनी गरेका हुन्।आगजनी र तोडफोडबाट डोजरमा क्षति पुगेको छ।बितिसक्दा पनि प्रहरीले जाहेरी नलिई सहमति गर्न दबब दिइरहेको वडासदस्य रेवत बस्नेत बताउँछन्।क्षतिपूर्ति र कारबाहीको माग गर्दै वडाध्यक्ष जोगबहादुर धिमाल, उपप्रमुख यमुना विष्ट बाँस्तोला र स्थानीयको उपस्थितिमा जाहेरी दिएका थिए। तर, प्रहरीले बेवास्ता गरेको वडाध्यक्ष धिमालले बताए।प्रहरीकै अगाडि डोजर जलाउन खोज्दा पनि नियन्त्रणमा लिन नसकेको उनले गुनासो गरे।नरपालिकाको नक्सामा रहेको बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएको र हाल बाटो आवश्यक भएर खन्न गएको वडाध्यक्ष धिमाल बताउँछन्।यता, इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी नायब उपरीक्षक खड्काले भने जाहेरीका विषयमा छलफल भइरहेको र प्रक्रिया अघि बढ्ने बताएका छन्।











