दमक/ सुरक्षा निकाय भिआइपिको सुरक्षा र निर्वाचन केन्द्रित सुरक्षामा लागेपछि झापाको दमकमा दुले चोरको बिगबिगि बढ्नका साथै अपराधिक घटनाहरु हुन थालेको पाईएको छ ।

बुधबार दिनदाहाडै पसलबाट एक महिला ब्यवसायि अनु दंगाल लुटिएपछि दमक उद्योग बाणिज्य संघले तत्काल बजारमा सुरक्षाको ब्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

साइकल हराउने, मोवाइल चोरी लगायतका घटनाहरु भइरहेको भन्दै इलाका प्रहरी कार्यालय दमकमा उजुरी आउने गरेको जनाईएको छ । स्थानीय सामाजिक अगुवा युवाका अनुसार राखेको ठाँउमा नै साइकल हराउने, मोवाइल हराउने, अपरिचित ब्याक्तिहरु घरवरिपरि आएर घुम्ने जस्ता कार्यहरुले भइरहेकाछन् । राजनीतिक दलका नेता र कार्यक्रममा सुरक्षाकर्मीहरुको ध्यान गएका कारण असुरक्षा बढेको उनले बताए ।

दमक जेसिसका अध्यक्ष गोबिन्दराज कट्टेल आफ्नो मोवाइल चोरी भएको बताए । चार्जमा राखेको अवस्थामा झ्यालबाट नै मोवाइल चोरी भएको जनाए । प्रहरीले गस्तिलाइ तिब्र बनाएमा यस्ता घटना नहुने बताउदै सबै सुरक्षा राजनीतिक दलका कार्यक्रमहरुमा केन्द्रित हुँदा चोरी कार्यमा संलग्नहरुको मनोवल बढेको उनको भनाइ रहेको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रित भएर परिचालन भएको भएपनि अन्य क्षेत्रमा पनि सुरक्षाको कमी नरहेको बताएकाछन् । उनले दुले चोर र केहि अपराधिक सोच भएका ब्याक्तिहरु यस्तो अवस्थामा सक्रिय भएको पाइएकाले त्यस्ता ब्याक्तिहरुको खोजि कार्य तिब्र बनाईएको जनाए । ब्यवसायिक सुरक्षा र दमकबासीको सुरक्षामा कुनै कमी हुन नदिने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah