कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकपसमा ठोक्किएको छ । उक्त दुर्घटनामा परी बस चालकको मृत्यु भएको हो । दुर्घटनामा परी बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय बस चालक कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रहरी हवल्दार भरत गुरुङले जानकारी दिए । मृतक चालकको शव बुटवलको चौराहा अस्पतालमा राखिएको छ ।बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । ट्रक, ट्रकका चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्कियो, एकको मृत्यु
सवालनेपालसंवाददातामंगलबार, ७ वैशाख २०७८

कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्कियो, एकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



