महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिएको छ । यसघटनामा हालसम्म ११ जना बिरामीको मृत्यु भएको र कम्तिमा ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् ।

अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा थिए । अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय मिडियाका अनुसार ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो । हाल उक्त समस्या हल गरिएको छ । यसका कारण २० किलो तरल अक्सिजन बर्बाद भएको थियो । घटनाबारे अस्पतालको साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ ।

https://twitter.com/ANI/status/1384776784818757633?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1384776784818757633%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F176770%2F2021%2F4%2F21%2Fleakage-in-oxygen-tank-in-nashik

-दैनिक भास्कर बाट