पाकिस्तानको एक होटलमा भएको बम विस्फोटनमा परी चार जनाको मृत्यु भएको छ, ११ जना घाइते भएका छन्।

पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङलाई लक्षित गरी क्वेटा सहरस्थित मशहुर सेरेना होटेलमा बम विस्फोटन भएको बिबिसीले उल्लेख गरेको छ। समाचार अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा आक्रमण भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, राजदूत अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ। विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन्। बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको हो। यद्यपि, घटनाको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन्।

-नेपालवाच बाट