भारतको पश्चिम बंगाल राज्यको विधानसभामा छैटौं चरणको मतदान जारी छ । यस चरणमा चार जिल्लाका ४३ सीटमा मतदान भइरहेको छ ।
कुल ३०६ उम्मेदवारको भाग्यको परीक्षा भइरहेको छ ।
भारतीय जनता पार्टीले नागरिकताको वाचा, मतुआ फ्याक्टर, जुट मिल बन्द भएको विषय, बेरोजगारी र कृषि संकट लगायतका कुरा उठाइरहेको छ ।
भाजपा सांसद अर्जुन सिंहको वर्चस्व यी क्षेत्रहरूमा छ । उनी पहिले तृणमूल कांग्रेसमा थिए ।
उनले यी क्षेत्रहरूमा हिन्दूत्वको मुद्दा उठाएर ध्रुवीकरणको कोशिश गरेका छन् । विगत तीन वर्षमा यी क्षेत्रहरूमा राजनीतिक र साम्प्रदायिक हिंसा भएका छन् ।

यस चरणको मतदानमा मतुआ फ्याक्टर पनि महत्त्वपूर्ण छ । राज्यमा मतुआहरू लगभग ३० लाख छन् र कम्तीमा ३० विधानसभा सीटमा उनीहरूको महत्त्वपूर्ण भूमिका मानिन्छ ।

भाजपाले सीएए नियाम बनाउने वाचा गरेर उनीहरूलाई फकाउने कोशिश गरेको छ ।

तृणमूल अध्यक्ष ममता बनर्जी र भतिजा सांसद अभिषेक बनर्जीले एक हप्तामा ३५ जनसभा गरेका छन् । तर तृणमूलले बंगालमा कोरोनाको केस बढ्नुमा भाजपाको अत्यधिक सभालाई दोषी ठहर गरेको छ । भाजपाले अन्य राज्यबाट पनि मानिस बोलाएर महामारी फैलाइरहेको तृणमूलको आरोप छ ।

तृणमूलले निर्वाचन आयोगलाई बाँकी चरणका मतदान एकैपटक सक्न अपील गरेको छ भने भाजपाले संवैधानिक दायित्वको कुरा गर्दै आठ चरणमा नै चुनाव सक्न भनेको छ ।
-लोकानातार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah