कोरोना जोखिम बढेसँगै क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ। भारतमा बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ।

क्यानडाले पाकिस्तानबाट हुने उडानमा समेत रोक लगाएको छ। भारत र पाकिस्तानबाट आउने सबै व्यावसायिक र निजी उडानमाथि आगामी ३० दिनका लागि प्रतिबन्ध लगाइएको क्यानडाका यातायात मन्त्री उमर अलगाबराले बताएउका छन्। यो नियम स्थानीय समयानुसार बिहीबार राति ११ः३० बजेबाट लागू भएको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्गो उडानमाथि भने कुनै प्रतिबन्ध नलगाइएको क्यानडा सरकारले जनाएको छ। खोप, पीपीई र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति गर्नुपर्ने भएकोले कार्गो उडानमा भने प्रतिबन्ध नलगाइएको बताइएको छ।

हाललाई यो प्रतिबन्ध अस्थायी भएको बताउँदै यातायात मन्त्री उमर अलगाबराले निकट भविष्यमा अवस्था विश्लेषण गरी पुनर्विचार गर्ने बताएका छन्।

यसअघि अस्ट्रेलिया तथा बेलायतले पनि भारतबाट हुने उडान कटौती गरिसकेका छन्।

-नेपाल लाईभ बाट