भारतमा कोभिडको महामारीका कारण दिवंगत भएका लासहरुको व्यवस्थापन तथा र अक्सिजन र औषधिको चरम अभाव भइरहेको छ । कोरोना भाइरस अर्थात नयाँ भेरिअन्टको असरका कारण भारत यो बेला दोस्रो महामारीको चरम संकटमा परेको हो ।

नयाँ भेरिएन्ट कोरोनाका कारण बिरामीको मृत्यु हुने संख्यामा अध्यधिक बृद्धि भइरहेको छ । सोमबारमा लगातार पाँचौ दिन त्यहाँ रेकर्ड संख्यामा नयाँ संक्रमितहरु फेला परेका थिए । सरकारी अधिकारीले भारतिय मिडियालाई दिएको जानकारी अनुसार अध्याधिकरुपमा मृत्यु समेत भयो । तर संक्रमणका कारण मृत्युको वास्तविक संख्या अधिकारीहरूले दिएकोभन्दा निकै धेरै हुनसक्ने समेत अनुमान गर्न सकिन्छ ।

अझैँ भारतमा कैयौँ मानिसहरुले कोरोनाको परीक्षण गराएका छैनन । ग्रामिण भेगमा भएका मृतकको संख्यामा पनि अंक गणितिय हिसावमा रेकर्ड हुन सकेको छैन । भारतिय संञ्चारमाध्यमका अनुसार भारतको राजधानी दिल्लीमा चिकित्सकहरुले मानिसहरु अस्पतालबाहिर मरिरहेको विवरण समेत दिएको उल्लेख गरेका छन ।

भारतको स्वास्थ्य जनसंख्या मन्त्रालयले हालसम्म कोभिडका कारण कुल एक करोड ७३ लाख जनामा संक्रमण भएको र दुई लाख जनाको मृत्यु भएको पुष्टि भएको बताएको छ । तर अस्पतालले भने अझैँ त्यहाँ दुईदेखि तीन सातासम्म संक्रमण दर उच्च जोखिम रहेको बताउँदै आएका छन् । भारतमा यतिबेला सघन उपचारका वार्डहरु सधै जसो अभाव हुने गरेको छ। बिरामीको आफन्तहरुले परिवारका सदस्यहरुको शय्या खोज्न धेरै टाढासम्म पुग्ने गरेका छन् ।

अहिले करिब २ करोड मानिसको बसोबास रेको दिल्लीका अस्पतालहरु बिरामीले भरिएका छन् । नयाँ बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परिरहेको अवस्था छ । कोरोना कारण अत्यन्तै प्रभावित भारतलाई विश्वभरिबाट सहयोग गर्ने देशहरुको संयामा पनि बृद्धि भइरहेको छ ।

भारत जस्तो देशमा पनि अस्पतालहरूले अक्सिजनको अभाव र अस्पतालमा उपचार गर्ने संघन कक्षको अभावका कारण रेलका डिब्बा समेत मेडिकल वार्डमा परिणत भएको छ। त्यतिमात्र खेलका हलहरू, रङ्गशालाहरू तथा आश्रमहरू अस्थायी अस्पतालमा परिणत भएका छन्। एउटा स्थलमा धेरै शव धान्नका लागि पार्किङ क्षेत्रलाई समेत चिताकारुप प्रयोग गरिएको छ। सयौँ मसानघाटहरु लासले भरिभराउ भएको अवस्था छ । मसानघाटमा लास जलाउन बसेकाहरुलाई पनि भ्याइनभ्याई अवस्था छ ।

अहिले भारतका कतिपय ठाउँमा शव जलाउने दाउराको समेत अभाव भइरहेको भारतिय संञ्चारमाध्यमले बताउँदै आएका छन। भारतमा अहिले कुनै देवि देवताको नाम्मा पशुको बद गरजस्तै गरी मानिसको मृत्यु भइरहेको छ । यता नेपालमा पनि दिनदिनानु तिव्ररुपमा फैलिदै गएको कोरोना भाइरसका कारण मानिसहरुको मृत्युदर संख्यामा बृद्धि हुँदै गएको छ । सरकारले तोकेको मापलण्ड समयमै नागरिले पालना गर्नुपर्ने र आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नुपर्ने अहिलको प्रमुख चुनौति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय