काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएको छ ।

गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै यो अवधिमा ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको ज्यान गएको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ३ लाख ६ हजारभन्दा धेरै पुगेको छ ।

अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय