दमक–दमकमा ६ जना सहित झापामा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जिवन चौलागाईका अनुसार झापामा २६ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

दमकमा २ महिला र ४ पुरुष गरि ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस्तै बिर्तामोडमा ६ महिला र १२ पुरुष गरि जम्मा १८ जना र एन्टिजीन परिक्षणमा ३ जना, गौरादहमा एन्टिजिन परिक्षणमा १ जना, मेचीनगरमा ५ महिला र ५ पुरुष गरि १० जना, भद्रपुरमा ४ महिला र १ पुरुष गरि ५ जना, कनकाई १ महिला र १ पुरुष गरि २ जना, हल्दिबारीमा १ जना महिला, अर्जुनधारामा २ जना पुरुष, गौरीगञ्जमा ३ महिला र १ जना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै कचनकलमा एन्टिजेन परिक्षण गर्दा ३ जना पुरुषमा संक्रमण देखिएको छ । यसैगरि शिवसताक्षीमा १ जना महिलामा संक्रमण देखिएको छ । यस्तै बाह्रदशीमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ४ हजार ९ सय ४५ पुगेको छ । यस्तै निको हुनेको संख्या ४ हजार ५ सय २७ रहेको छ । यस्तै झापामा आईसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ सय ८५ रहेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

आज झापामा थप १ जनाको कोरोनाका कारण ज्यान गएको छ । यो सँगै झापामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३३ जना पुगेको छ । यस्तै एन्टिजेन परिक्षणका क्रममा ४५ जनामा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जिवन चौलागाईले जानकारी दिएका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah