भारतमा यौन दुव्र्यवहारबाट पीडित एक महिलाले आफूमाथिको अनुसन्धान बढाउन प्रहरीले उल्टै यौन प्रस्ताव राखेको दाबी गरेकी छिन् । उत्तर प्रदेशकी एक ३७ वर्षीया महिलाले सो दाबी गरेकी हुन् । उनलाई केही महिनाअघि आफ्ना गाउँका दुई पुरुषले सामूहिक बलात्कार गरेका थिए । आफूमाथि बलात्कार भएको गुनासो गर्दै प्रहरी कार्यालय पुगेकी उनलाई प्रहरी अधिकारी जईप्रकाश सिंहले सेक्स प्रस्ताव गरेका थिए । ‘सिंहले मेरो इच्छा पूरा गरे मात्र यौन दुव्र्यवहारबारे अनुसन्धान हुने बताए,’ उनको भनाइ उद्धृत गर्दै बेलायतको डेली मेलले लेखेको छ ।

गत फेब्रुअरी महिनाको एक साँझ लिफ्ट दिने बहानामा उनलाई ५५ वर्षीय अमिर अहमेद र ४५ वर्षीय सतार अहमेदले बलात्कार गरेका थिए । उनले तत्कालै आफूलाई बलात्कार गर्ने स्थानीय दुई व्यक्तिको नाम दिएरै बारम्बार उजुरी दर्ताको प्रयास गरिन्, तर सिंहले मानेनन्, बरू उनलाई फोन गरेर गोप्य स्थानमा भेट्ने प्रस्ताव गरे । प्रहरीको आचरणलाई लिएर महिलाले गुनासो गर्न थालेपछि सिंहले उजुरी गर्ने म्याद गुज्रिसकेको बताए । तर, सिंहले ती महिलालाई फोनबाट दुव्र्यवहार गर्न भने छाडेनन् । सिंहले बारम्बार फोन गरेर महिलालाई भेट गर्न बोलाए । सिंहको व्यवहारबाट आजित भएपछि ती महिलाले ऊसँग भएका वार्तालापलाई रेकर्ड गरी प्रहरी प्रमुखलाई बुझाइन्, तर प्रहरीले विभिन्न बहानामा उनको मुद्दा पन्छायो । अन्ततः प्रहरी अत्याचारका विरुद्ध यसै साता उनी स्थानीय अदालतको ढोका ढकढक्याउन पुगेकी छिन् ।

भारतमा दिनहुँजसो कुनै न कुनै राज्यमा बलात्कारका घटना हुने गर्छन् । सन् २०१५ मा ३४ हजार महिला बलात्कृत भएका थिए । प्रहरी प्रशासन र समाजका डरले आफूमाथि हुने दुव्र्यवहारविरुद्ध प्रायः महिला बोल्न डराउने भएकाले यो संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ । सन् २०१४ मा १५ हजार बालिका बलात्कृत भएका थिए । त्यस्तै, विवाहपछि हुने बलात्कारको तथ्यांक पनि धेरै रहेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah