माइक्राेसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्।
बिल गेट्सले टुइटरमार्फत यस्ताे जानकारी गराएका छन्। ‘हामीलाई लाग्छ अब हामीसँगै अघि वढ्न सक्दैनाैं.’ उनले लेखेका छन्। २७ वर्षकाे वैवाहिक सम्बन्ध अन्त्य गर्ने अवस्थामा पुगेकाे उनीहरुले सामाजिक सञ्जालमा जानकारी गराएका हुन्।
धेरै साेच विचार गरेर आफूहरुकाे सम्वन्धमा विचार गरेर वेवाहिक सम्बन्ध समाप्त गर्ने निर्णय गरेकाे गेट्सले लेखेका छन्। उनीहरु १९८० काे दशकमा मेलिन्डाले माइक्राेसफ्टमा प्रवेश गरेपछि भएकाे थियाे।
उनीहरुका तीन सन्तान छन्। दुवैले मिलेर बिल एन्ड मिलिन्डा फाउन्डेसन चलाउँदै आएका छन्। उनीहरुले यसलाई भने निरन्तरता दिने बताएका छन्।



