बलिउड नायिका कंगना रनौतको ट्वीटर खाता निलम्बनमा परेको छ।

पश्चिम बंगालमा चुनाव परिणामपछि ममता बनर्जीमाथि कंगनाले आपत्तिजनक टिप्पणी गरेकी थिइन्‌। लगत्तै उनको ट्वीटर खाता निलम्बनमा परेको हो।​

कंगनाले ममता बनर्जीलाई ट्वीट गरी आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। अब आधिकारिक रूपमा कंगनाको ट्वीटर खाता निलम्बन भएको भारतीय सञ्‍चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बंगाल चुनावको नतिजापछि कंगनाले निरन्तर ट्वीट गरेकी थिइन्। बनर्जीमाथि आपत्तिजनक शब्द प्रयोग गरेपछि ट्वीटर प्रयोगकर्ताहरूले कंगनाको विरोध गरिरहेका थिए।

यस अघिदेखि नै उनले आलोचित हुने विभिन्न ट्वीट लेख्दै आएकी छन्। कंगना हाल सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) निकट छिन्‌।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय