जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।

रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासको भनाइ छ ।

कोरोना सङ्क्रमणलाई समेत मध्ये नजर गर्दै कतारमा जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरोध गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर