नयाँदिल्ली, २४ बैसाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ । नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो । पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो । त्यसपछि पाइलटले आफ्नो क्षमता प्रदर्शन गर्दै राति सवा ९ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नागरिकपुरका उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यो जहाजको तस्बिरसहित ट्वीट गरेर घटनाबारे जानकारी दिएका छन् । एजेन्सी

https://twitter.com/HardeepSPuri/status/1390343934287630343?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1390343934287630343%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.nayapage.com%2Farchives%2F310109