अन्धविश्वासका कारण उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना संक्रमितहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् ।

‘मलाई सास लिन समस्या भइरहेको थियो र अक्सिजनको कुनै सहारा थिएन । पिपलको रुखले अक्सिजन दिन्छ भन्ने थाहा पाएपछि मेरो परिवार यही आएर बसेको छ,’ उर्मिला नामकी एक महिलाले भनिन् ।
भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेका छन् । उनले शनिबार जिल्ला अधिकारीहरुलाई फोन गरेर अस्पतालमा बिरामीलाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।
यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्पतालमा सिफ्ट हुन मन नलागेको उर्मिलाले बताइन् ।

उनको परिवारका एक सदस्यले भने, ‘ हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो । किनकी कुनै विकल्प बाँकी थिएन, त्यसैले मैले आफ्नी काकीलाई यहाँ लिएर आएँ र समस्या धेरै ठिक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन ।’

यसैबीच लखनऊका चिकित्सा विशेषज्ञले यसलाई शारिरीक नभएर मानसिक प्रभाव भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डाक्टरले भने, ‘यहाँ सम्भवत ताजा हावा छ, जसले मानिसलाई सास लिन सहयोग गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah