भारतमा देखिएको नयाँ भेरिएन्टको कोरोना भाइरस सबैभन्दा सङ्क्रामक हुन सक्ने अध्ययनले बताएको छ ।

बेल्जियमको एक युनिभर्सिटीको एक समूहले यस विषयको खुलासा गरेको हो ।

यही समूहले पहिला बेलायतको भाइरस खतरनाक भएको बताएको थियो ।

प्रारम्भमा विश्वास नगरे पनि पछि सोही कुरा प्रमाणित भयो ।

भारतको नयाँ प्रकारको भाइरस धेरै नै सङ्क्रामक छ ।

यसको फैलिने दर तीव्र छ ।

साथै रूप परिवर्तन गर्ने क्षमता समेत पहिला बेलायतमा भेटिएको भाइरसको झैँ छ ।

यही प्रकारको भाइरसले भारतमा महामारीको रूप लिएको छ ।

राजनीतिक भेला, र्याली, भिडभाडमा फैलिँदै यसले भारतमा भयावह स्थिति सिर्जना भएको छ ।

केही महिना अघिसम्म भारतमा कोरोनाको प्रभाव घट्दो थियो ।

सङ्क्रमण दर समेत कम हुँदै थियो ।

यहीबीच फेब्रुअरीको अन्त्य देखि मार्चको सुरुवाती दिनमा यसको प्रभाव ह्वात्तै बढ्यो ।

प्रत्येक दिन ४ लाखको सङ्ख्यामा सङ्क्रमित बढेका छन् भने दैनिक ४ हजारको आसपासमा मृत्यु भई रहेको छ ।

तर डब्ल्युएचओले भने स्वास्थ्यमाथि गरिएको खेलाँचीले यो स्थिति आएको बताएको छ ।

न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउनु नै यसको मुख्य कारण रहेको उनीहरूको तर्क छ ।

त्यस्तै युनिसेफका एक प्रतिनिधिले भारतमा कोरोना नियन्त्रणमा आउन वर्षौं लाग्न सक्ने बताएका छन् ।

भारतमा शिक्षाको निम्न स्तरका कारण नै यो समय लम्बिने उनको दावी छ ।

मानिसहरुमा चेतना विकास नभएसम्म नियन्त्रणमा समस्या हुने उनको आँकलन छ ।

संयुक्त राष्ट्रले भारतलाई सावधान रहन चेतावनी दिएको छ ।

पहिलो लहरमा अमेरिका र युरोपमा फैलेकै दरमा भारतमा अहिले भाइरस फैलिरहेको छ ।

तर यसको कारण जनघनत्व समेत हुन सक्ने सम्भावना छ ।

भारतमा हाल फैलिएको करोना भाइरसको प्रकृति कस्तो अनुमान लगाउन गाह्रो छ ।

त्यसैले समेत सावधानी जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah