इजरायलमा उग्रदक्षिणपन्थीहरूले भीडले तेलअभिभ नजिक एक अरब पुरुषमाथि बुधवार आक्रमण गरेका छन् ।

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चलिरहेको बेलामा ती पुरुषलाई बेहोश नहुन्जेल कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेलअभिभको दक्षिणमा रहेको बात याम भन्ने स्थानमा आक्रमण गरिएको हो ।

प्रहरी तथा आकस्मिक सेवाका मानिसहरू घटनास्थलमा १५ मिनेटपछि मात्र आइपुगेका थिए । त्यतिन्जेल पीडित अचेत भएर सडकको बीचमा लडेका थिए ।

उक्त अरब पुरुषले यहुदी राष्ट्रवादीहरूमाथि गाडी चलाउन खोजेको भन्दै भीडले कुटपिटलाई जायज ठहर्‍याउन खोजेको थियो ।

‘पीडित गम्भीर घाइते छन् तर उनको स्वास्थ्यस्थिति स्थिर छ,’ इचिलोभ अस्पतालले बयान जारी गरेर बतायो ।

अरब र यहुदीहरू सडकमा भिडिरहेको अनि दंगा गर्नेहरूले गाडीहरूमा आगजनी गरिरहेको बेलामा यो घटना पनि भएको हो ।

लोद शहरमा यहुदी र अरब बराबरी संख्यामा बस्छन् र त्यहाँ मंगलवार निकै हिंसा भएको थियो ।

प्रहरीले दंगामा सहभागी लगभग ४०० जनालाई देशभरिबाट बुधवार समातिएको जानकारी दिएको छ ।

https://videos.dailymail.co.uk/video/mol/2021/05/12/3483983636671776435/640x360_MP4_3483983636671776435.mp4