नेपाल सरकारले महामारीसँग जुध्न सहयोगको अपेक्षा गरेकोमा पहिलो चरणमा यो सहयोग उपलब्ध गराइने यूरोपेली संघले विज्ञप्ति मार्फत जनाएको छ।

सहयोग रकम होम आइसोलेसनमा बसिरहेका बिरामीलाई दूर स्वास्थ्य सेवा दिन, अस्पतालहरूलाई परामर्श सेवा दिन तथा आपत्‌कालीन मेडिकल टीम परिचालन र स्वास्थ्य सामग्रीको खरीद गर्न प्रयोग हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आपत्‌कालीन स्वास्थ्य सामग्री अन्तर्गत अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, होम केयर किट्स, परीक्षणका सामग्री आदि पर्नेछन्। फिनल्यान्डले नेपाललाई २० लाख सर्जिकल मास्क, तीन लाख ५० हजार एफएफपी टु मास्क, ५२ हजार पाँच सय थान पन्जा तथा ३० हजार आइसोलेसन गाउन सहयोगको पनि घोषणा गरेको छ।

-थाहखबर बाट