भारतको असाम राज्यमा १८ वटा हात्ती मृत फेला परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार नागावन जिल्लामा पर्ने प्रस्तावित कन्डाली आरक्षण क्षेत्रमा एकै स्थानमा ती हात्ती मृत भेटिएका हुन्।

बुधबार परेको चट्याङका कारण यति ठुलो संख्यामा हात्ती मरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। यद्यपि हालसम्म हात्ती मर्नुको कारण खुलिसकेको छैन। पोस्टमार्टमपछि मात्र खास कारण थाहा हुने बताइएको छ। शुक्रबार भेटनरी र विज्ञहरूको टोली घटनास्थलमा पुग्ने बताइएको छ। सोही टोली घटनाका अनुसन्धान गर्ने भारतीय सञ्चरमाध्यमले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पश्चिम बंगालमा पनि चट्याङका कारण ५ वटा हात्ती मरेका थिए। तर यसपटक निकै ठुलो संख्यामा हात्तीको समूह मरेको अधिकारीहरूले बताएका छन्।