अमेरिकी राष्ट्रपति जो वाइडेनकाे वरिष्ठ सल्लाहकारमा भारतीय मूलकी अर्की महिला नियुक्त भएकी छिन्।

वाइडेन प्रशासनले शुक्रबार भारतीय-अमेरिकी नीरा टन्डन वरिष्ठ सल्लाहकारमा नियुक्त गरेकाे हाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मार्चको शुरुमा नीरालाई व्यवस्थापन तथा बजेट कार्यालयका निर्देशकका लागि प्रस्ताव गरिएको थियो तर राजनीतिक विरोधका कारण उनले आफ्नाे नाम फिर्ता लिएकी थिइन्।

'नीरामा बौद्धिक क्षमता, लगनशीलता र राजनीतिक विषयवस्तुको ज्ञान रहेकाे छ। उनीबाट वाइडेन प्रशासनलाई फाइदा मिल्नेछ,' सेन्टर फर अमेरिकन प्रोग्रेस (सीएपी)का संस्थापक जोन पोडेस्टा भन्छन्।

उनका अनुसार नीराले वाइडेन प्रशासनमा नीति सम्बन्धी धेरै काम गरिसकेकी छिन्। उनी उपराष्ट्रपति कमला ह्यारिसन निकट मानिन्छिन्।

-नेपाल लाइभ बाट