मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनमा बलिउड अभिनेत्री कंगना रनौत अगाडि आएकी छन् । अभिनेत्री रनौतले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीको समर्थन गरेकी हुन् ।

उनले शुक्रबार मोदी भावुक भएको क्षणको बारेमा इन्स्टाग्राम स्टोरीमा लामो समर्थनका शब्दहरु लेखेकी हुन् । कंगना लेखेकी छन्, “आँसु सक्कली हो वा नक्कली भन्दै त्यसको परीक्षणमा अल्झेर बस्न चाहनु्हुन्छ वा कुनै यस्ता व्यक्तिको भावनात्मक बुद्धिमता र सहनशक्तिलाई स्वीकार्न चाहनुहुन्छ, जो अरुको दुःखमा दुखी हुन्छ र त्यो दुःख उसले मात्रै नभई सबैले महसुस गर्नुपर्छ भन्ने सोच्छ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अगाडि लेखेकी छन्, “उनको (मोदी) आँसु अन्जान घटनाको रुपमा झरेको हो वा सचेत प्रयास थियो, यसले कसरी फरक पार्छ । केही व्यक्तिहरु हरेक समाधानका लागि समस्या खोज्छन् । म तपाईँको आँसु स्वीकार्छु प्रधानमन्त्री, म तपाईँको दुःख बाँड्न दिन्छु...।”

कंगनाले एक दिनअघिको घटनालाई इंगित गर्दै यसो लेखेकी हुन् । अघिल्लो दिन मात्रै प्रधानमन्त्री मोदीले कोभिड–१९ को दोस्रो लहरको बारेमा वाराणसीका स्वास्थ्यकर्मीहरुसँग कुराकानी गरेका थिए । सोही क्रममा उनले कोरोनाका कारण ज्यान गुमाएका चिकित्सकहरुप्रति श्रद्धाञ्जलि दिँदै आँखाबाट आँसु खसालेका थिए । मोदीको यही भावुक भिडियो छिनमै इन्टरनेटमा भाइरल भयो र आलोचनाहरु हुन थाले ।त्यसपछि कंगना मोदीको समर्थनमा आएकी हुन् ।

यसअघि पनि कंगनाले मोदीलाई ‘फादर अफ नेसन’ भनेकी थिइन् । जसमा अवकाशप्राप्त आईएएस अधिकारी सूर्यप्रताप सिंहले आपत्ति जनाएका थिए । नवभारत टाइम्सबाट ।