भुटानका प्रधानमन्त्री लोटे छिरिङले देशमा कोभिड–१९ को जोखिम कायम रहेकोमा चिन्ता व्यक्त गर्दै भाइरस नियन्त्रण नगरेमा आफूहरू सोत्तर हुने बताएका छन् ।

शुक्रवार देशवासीलाई सम्बोधन गर्दै छिरिङले देशमा कोरोना देखिएको डेढ वर्षपछि पनि त्यसको जोखिम कायमै रहेको बताएका हुन् ।

‘देशमा धेरैजनालाई कोभिडका दुई चरणपछि खराब परिस्थिति अन्त्य भयो भन्ने लागेको थियो । खोप अभियान धेरैका लागि आशाको किरण बनेर आएको थियो,’ उनले भने । ‘तर अहिले हेर्नु त हाम्रो स्थिति ।’

यस क्षेत्रमा नै कोरोनाको प्रकोप रहेकाले भुटान पनि त्यसबाट अछुतो नरहने अवश्यम्भावी रहेको अनि सबै तयारी गरेको भए पनि देशमा भारतको जस्तो स्थिति आउन सक्ने उनको भनाइ छ ।

‘दक्षिणी सीमाबाट आउने जोखिम पूर्व पुगेको छ । हामी होशियार नहुने हो भने छिमेकीहरूकै जस्तो नियति भोग्नुपर्छ,’ उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah