अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको सान जोसेमा बुधवार गरिएको एक गोलीकाण्डमा बन्दूकधारीले आठजनाको हत्या गरेका छन् भने अर्का एकजनालाई घाइते बनाएका छन् ।
बन्दूकधारी भ्याली ट्रान्सपोर्टेसन अथोरिटीका कर्मचारी थिए र उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम साम कासिडी हो ।
सामले आफ्नै सहकर्मीहरूको हत्या गरेको हो ।
पीडितहरू २९ देखि ६३ वर्ष उमेरका थिए ।
सामले पहिला पनि आफ्ना सहकर्मीहरूसँग झर्कोफर्को गर्ने गरेको र आफ्नो काम पनि घृणा गर्ने गरेको उनकी पूर्वपत्नी एक पत्रिकालाई बताइन् ।
‘
उनका दुई अनुहार थिए,’ सिसिलिया नेल्म्सले बे एरिया न्युज ग्रूपलाई बताइन् । ‘मूड राम्रो हुँदा उनी गजबका मान्छे थिए । तर रिसाउँदा उनी पागल हुन्थे ।’
सामले सहकर्मीहरूको हत्या गरेपछि आफैंलाई मारेको हुन सक्ने प्रहरीले जनाएको छ ।



