मतदाताहरुले उत्साहका साथ स्थानीय तहको निर्वाचनमा सहभागि भएपछि अब मतगणनामा ध्यान गएको छ । कस्ले दमकमा बाजि मार्ला भनेर अड्कल बाजि शुरु भइसकेको छ ।
सबै मतदान केन्द्रहरुबाट मतपेटिका दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राखिनेछ । त्यहाँ राखेपछि आचार संहिता बनाएर सम्भवत आ
ज नै अबेर भएपनि मतगणना शुरु हुनेछ ।
यसका ब्यवस्थापकिय काम पुरा भएको बताइएको छ । एकठाँउमा केन्द्रिकित गरेर मतगणना हुनेछ । त्यसका लागि दमक नगरपालिकामा मतपेटिका ल्याएर सबै प्रक्रिया पुर्याएर मत गणना शुरु गरिने बताईएको छ ।
मतपत्र च्यातिन सक्ने तथा मतपत्र नष्ट गर्ने कार्य हुन सक्ने भएकाले यसका लागि बेग्लै सुरक्षा रणनीति अपनाउने प्रहरी श्रोतको भनाइ रहेको छ । सिसि क्यामेरा समेत जडान भइसकेको छ ।
प्रमुख राजनीतिक दलहरुले आफूले जित्ने बताउदै आएकाछन् । यसपटक निर्वाचनमा करोडौ खर्च पनि गरेकाछन् । आफू अनूकुल मत नआएको अवस्थामा जे पनि हुनसक्ने अवस्था आउने भएकाले सुरक्षाका सबै उपाय अपनाइने एक निर्वाचन अधिकृतले बताए ।



