अछाम । मतदान भइरहेको बेला नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको छ । अछामको मेल्लेख गाउँपालिकाका दुईओटा मतदान केन्द्रमा झडप भएको छ । वडा नम्बर ६ र ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।

एमाले उपाध्यक्ष भीम रावलले कार्यकर्तालाई उत्तेजित पारको माओवादीले अारोप लगाएको छ भने  झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । अहिले मतदान कार्य स्थगित भएको छ । मतपत्रमा करिएको भेटिएपछि विवाद सुरु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ ।