बुधबार साँझ मतदान सकिएको छ । स्थानीय तहको निर्वाचन अन्र्तगत झापाका १५ वटै तहमा निर्वाचन सम्पन्न भएको हो । मेयर, उपमेयर र वडाध्यक्ष तथा सदस्यहरु निर्वाचन आयोगको मतपेटिकामा थुनिएकाछन् । मतदाताले हालेको मत निर्वाचन आयोगको मतपेटिकामा रहेको छ ।

थुनिएका मेयर, उपमेयर तथा वडाध्यक्षहरु ४ दिनभित्रमा निस्कने निर्वाचन कार्यालय झापाले जनाएको छ । सम्भवत बुधबार अबेरदेखि नै मतगणना शुरु हुनेछ । मतपेटिका भित्र भएको आफ्नो भबिष्यको प्रतिक्षमा उम्मेद्वारहरु रहेकाछन् ।

लाह छाप लगाएर मतमेटिकालाइ रुजु गरेर राख्ने काम सकिएको र सबै ठाँउहरुमा सर्वदलिय बैठकको तयारी भइरहेको बताईएको छ । सर्वदलिय बैठक पछि मत गणनाको बिषयमा निर्णय हुनेछ ।

यसैबीच झापामा उत्साह जनक रुपमा स्थानीय तहमा मतदाताहरु सहभागि भएकाछन् । बुधबार अबेर मतदान सकिएको छ । शान्तिपूर्ण रुपमा भएको निर्वाचनमा ७३ प्रतिशतभन्दा बढि मत खसेको पाईएको छ ।

निर्वाचन कार्यालय झापाका अनुसार ७३।०७ प्रतिशत मत खसेको छ । ३ लाख ७२ हजार ८ सय ४० मतदाताहरु स्थानीइ निर्वाचनमा सहभागि भएकाछन् । यो देशभरको सरदर भन्दा बढि हो ।

मतदाताहरु बिहानै देखि मतदान स्थलमा आएका थिए । ५ बजे अगावै अधिकाँश ठाँउमा मतदान सकिएपनि केहि ठाँउमा भने एकघण्टा ढिला भएको थियो । मतदान स्थलभित्र ५ बजे पसिसकेकाहरुलाइ मतदान गर्न दिईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah