नयाँदिल्ली, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् ।

शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड नेपाली समय अनुसार ९ः४५ बजे बिमानस्थलमा अवतरण भएका थिए ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सि जिन पिङ र भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने छन ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्ने छन ।

सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय