अन्तराष्ट्रिय

अब यस्ता व्याक्तिले ग्रीनकार्ड नपाउने अमेरिकी सर्वोच्च अदालतको फैसला


  काठमाडौ   एजेन्सी   २०७८ जेष्ठ २५, १६:४४

अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई निर्देशन दिएको छ ।

अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिएकी हुन् । यो निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर अहिले टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशामा बसेका मानिसहरु प्रभावित हुनेछन् ।

अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको थियो । अहिले सर्वोच्च अदालतले उक्त आवाजको सम्बोधन गरे पनि यसको स्थायी समाधान भने अमेरिकी संसद्ले मात्र दिन सक्ने जानकारहरुले बताएका छन् ।

अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा सर्वोच्च अदालतले यस्तो फैसना सुनाएको हो । यसरी अवैधरुपमा अमेरिका प्रवेश गरेका मानिसहरु स्थायी बसोबासको लागि योग्य नहुने अदालतको ठहर छ । अमेरिकाको टीपीएस कार्यक्रममा नेपालसहित संकट तथा युद्धको सामना गरेका अन्य १० मुलुक छन् ।

एजेन्सीको सहयोगमा

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु