अन्तराष्ट्रिय

भारतमा एकै दिन ६१ सयभन्दा बढी संक्रमितको मृत्यु


  काठमाडौं   सवाल नेपाल   २०७८ जेष्ठ २७, ०७:२४

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ।

दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ९३ हजार ८९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ।

कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ५९ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ७६ लाखभन्दा बढी निको भइसकेका छन् भने ११ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४२ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने ४४४ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७१ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी संक्रमित थपिँदा २४ सय ८४ जनाको मृत्यु भएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु