झापाको. दक्षिणी गाविस गौरीगञ्जमा विवादका करण मतगणना रोकिएको छ । अघिल्लो चरणमा सार्वजनिक गरिएको मतपरिणाम भन्दा पछिल्लो चरणमा सार्वजनिक गरिएको मतपरिणाम कम भएका कारण विवाद भएको हो ।
माओवादी केन्द्रका तर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेद्वार विद्यानन्दसिंह राजवँशीको मत अघिल्लो चरणमा सार्वजनिक गरिएको भन्दा पछिल्लो चरणमा सार्वजनिक गर्दा घटेको हो ।
माओवादीले अघिल्लो चरणमा ४ सय २४ मत प्राप्त गर्दा पछिल्लो चरणमा मतपरिणाम सार्वजनिक गर्दा सो संख्या घटेर ४१८ मात्र देखिएको हो ।
त्यसैगरी अर्जुनधारा नगरपालिकामा पनि विवादले गर्दा मतगणना रोकिएको छ । अर्जुनधारा नगरपालिकामा मतगणना भइरहदा सांसद प्रेम गिरी मतगणना स्थलमा गएर २ तीन घण्ट बसेको साथै मतगणना गर्दा कांग्रेसका प्रतिनिधिलाई नदेखाई मतगणना गरेको भन्दै कांग्रेसले मतगणना रोक्न माग गरेको हो ।
अहिले सर्वदलिय वैठक जारी रहेको र सर्वदलीय वैठकको निर्णय अनुसार कसरी मतगणना गर्ने भन्ने निश्चित हुने बताइएको छ ।



