बलत्कारीको हत्या आरोपमा मुद्धा लडिरहेकी एक युवतीलाई फ्रान्सको एक अदालतले सफाई दिएको छ ।
बेलरी बेलकोट नामकी ती युवतीले सौतानी बाबु डेनियल पोलेटको गोली हानी हत्या गरेकी थिइन् ।
यद्यपी ती युवतीले फैसलामा तोकिएको भन्दा बढी समय काराबास जीवन बिताएको बताइएको छ ।
लामो समय काराबासमा राखिएपछि त्यहाँस्थित महिला अधिकारकर्मीहरूको समूहले रिहाइको माग गर्दै प्रदर्शन शुरू गरेका थिए ।
उनीमाथि अदालतले ३ वर्षको निलम्बन तथा ४ वर्षको जेल सजाय सुनाइएको थियो ।
पूर्वी फ्रान्सको साओन एट लोयरमा अदालतले उनलाई मुक्त गरेको हो ।
बेकोट १२ वर्षकी हुँदा पोलेट उनकी आमाको प्रेमी थिए । पहिलो पटक आमाको प्रेमीले उनलाई १२ वर्षको उमेरमा बलात्कार गरेको बताइएको छ ।
पोलेटले त्यसपछि पटक पटक दुव्र्यवहार गरिरहेका थिए । बेकोट जब १७ वर्षकी भइन्, बलत्कारपछि गर्भवती समेत भएको बताइएको छ ।
त्यसपछि उनकी आमाले उनलाई घरबाट निकालिदिएको र पोलेटकै साथमा बस्न बाध्य पारिएको घटनामा उल्लेख गरिएको छ ।
त्यसको केही समयपछि ती युवतीले बलत्कारी पोलेटको गोली हानी हत्या गरेको बताइएको छ ।



