भारतमा मंगलबार ५४ हजार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ ।
यस्तै भारतमा मंगलबार १ हजार १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६९१ पुगेको छ ।
भारतमा हिजो एकैदिन ७४ हजार १२० जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या द्द करोड ८९ लाख ८७ हजार ३११ पुगेको छ ।
भारतमा अहिले ६ लाख ४९ हजार ८४८ जना संक्रिय संक्रमित छन् ।