दमक ,विभिन्न सामाजिक काम गर्दै आइरहेको सस्था रोट्याक्ट क्लब अफ दमकले वर्ष २०२०-२१को नेतृत्वलाई बिदा गरेको छ ।दमकमा ३ बर्ष अघि स्थापना भएको रोट्याक्ट क्लब अफ दमकले समाजसेवा,परोपकार,युवाहरुमा भातृत्ब बिकास, नेतृत्व बिकाससङै विभिन्न युवाहरुको वृद्धि बिकासमा काम गरिरहेको छ ।

वर्ष २०२०-२१मा दधिराम ढकालको नेतृत्वले दमक नगरपालिका ,झापा मोडल अङ्ग्रेजी स्कुल ,इन्ट्याक्ट क्लब अफ जेम्स,होटल काक्त्यानी इन दमक,रोटरी क्लब अफ दमक,ग्रेस एजुकेसनल एजुकेसन माइग्रेसन दमक, लगायतका अरु भिभिन्न सस्थाहरुसङ मिलेर गाउँमा लाइब्रेरी ,दमकका सबै सामुदायिक बिद्यालयमा फुलबारी बनाउने कार्यक्रम सय रङ्ग दमक,पुस्तक सङकलन गर्नका लागि बुक बिन कार्यक्रम,महिला शिक्षामा आधारित आमा सक्नु हुन्छ कार्यक्रम ,महिलाहरुको नेतृत्व बिकासका लागि आमा बोल्नुपर्छ है!कार्यक्रम ,बृहत रक्तदान कार्यक्रम,चिसो समयमा न्यानो कपडा बितरण कार्यक्रम सङै १० लाख ७३ हजारको कार्यक्रम गरेको छ ।

रोट्याक्ट क्लब अफ दमक दमकको सामाजिक बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।हिजो आफ्नो कार्यकालको अन्तिम कार्यक्रम गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यक्रममा साथ दिने सबै सघ सस्था,ब्यक्ती ब्यक्तित्व तथा रोट्याम्ट क्लबका सबै सदस्यहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए।कार्यक्रममा रोट्याक्टर अफ दि इयरको घोषणा गरि वर्ष २०२०-२१मा क्ल्बमा रहेर उत्कृष्ट कार्य गर्ने क्लबका सदस्य अमन जैसवाललाई रोट्याक्टर अफ दि इयरको पुरस्कार प्रदान गरिएको थियो।आफ्नो कार्यक्रम सकिए सङै रोट्याक्ट क्लब अफ दमकको अबको नेतृत्वका लागि सपना लिम्बू लगायतको टिमलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा रोटरी क्लब अफ दमक अध्यक्ष शान्ता ढकाल,रोटरी क्लब अफ दमक २०२१-२२ अध्यक्ष भरत चौलागाई , रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईं,पुर्व अध्यक्ष तथा एजि नवीन श्रेष्ठ , रोटरी क्लव अफ दमकका सल्लाहकार डाक्टर लेखनाथ न्यौपानेको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर