अन्तराष्ट्रिय

इटाली बन्यो युरोपको पहिलो ‘मास्क फ्री’ देश


  काठमाडौं   एजेन्सी   २०७८ असार १६, ११:१५

एजेन्सी । इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो।

इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ। इटालीमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट त्यहाँ ४२ लाख ५९ हजार १ सय ३३ जनामा संक्रमित भएको वल्डोमिटरले जनाएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार