क्यानाडामा उच्च तापक्रमबीच ‘हीटवेभ’ (तातो हावा) का कारण दर्जनौँको मृत्यु भएको छ । भ्यानकुभर क्षेत्रमा प्रहरीले शुक्रबार यता यससम्बन्धी १३० जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा धेरै बृद्धबृद्धा तथा अन्य रोगबाट पीडित रहेको बताइएको छ ।
धरै केसहरुमा हीटवेभ मृत्युको प्रमुख कारण रहेको बताइएको छ । प्रहरीका अनुसार भ्यानकुभरमा कम्तिमा ६५ जनाको हीटवेभकै कारण मृत्यु भएको छ । त्यस्तै, ब्रनाबीमा ३४ र सरेमा ३८ जनाको आकस्मिक मृत्यु भएको बताइएको छ ।
मंगलबार क्यानाडाको ब्रिटिस कोलम्बियामा लगातार तेस्रो दिन हालसम्मकै उच्च ४९.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यसअघि, क्यानाडाको इतिहासमा कहिले पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम कहिले पनि पुगेको थिएन । उत्तर पश्चिमी अमेरिका र क्यानाडामा उच्च चापका कारण हीटवेभ सिर्जना भएको बताइएको छ ।
विज्ञहरुले जलवायु परिवर्तनसँगै हीटवेभजस्ता चरम मौसमी अवस्थाहरु थप सिर्जना हुने चेतावनी दिँदै आएका छन् ।
https://www.bbc.com/



