सामाजिक संघ/ सस्था

दमकका सबै लायन्स क्लव र लियोको आयोजनामा विहिबार विहान बृहत रक्तदान हुँदै


  काठमाडौं   सवाल नेपाल   २०७८ असार १७, ०७:०१

दमक/ झापाको दमकमा आज बृहत रक्तदान हुने भएको छ । दमकका सम्पूर्ण लायन्स क्लव र लियो क्लवहरुको संयोजनमा रक्तदान हुन लागेको हो । लायन्स बर्ष शुरुवातको अवसर पारेर दमकको रेक्रस भवन र लाईफलाइन अस्पतालमा पुर्ण स्वास्थ्य सावधानी अपनाएर रक्तदानको तयारी भएको लायन्स लिडर अजय अग्रवालले बताएकाछन् ।

कोभिड महामारीको यो अवस्थामा रगतको अभाव नहोस भनेर लायन्सले दमकमा बृहत रक्तदान गर्न लागेको जनाईएको छ । सम्पूर्णलय लायन्सकर्मी तथा रक्तदाताहरुलाई रक्तदानमा उपस्थिति भइदिन लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले अनुरोध गरेकाछन् ।

रक्तदानको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएका लायन्स लिडर ज्ञानु पौड्यालले बताएकाछन् । सम्पूर्ण लायन्स लिडर तथा क्लवका अध्यक्षहरुको सक्रियतामा बृहत रक्तदान हुन लागेको जनाउदै रक्तदाताहरुलाई उपस्थितिका लागि उनले अनुरोध गरेकाछन् ।

लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले लायन्स बर्ष शुरु भएको अवसरमा सम्पूर्ण लायन्स लिडर तथा लायन्सकर्मीहरुमा शुभकामना सहित कार्यक्रम सफलताको शुभकामना दिएकाछन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार