कोरोनाभाइरसको डेल्टा भेरिएन्टले संसारलाई चिन्तित तुल्याएको छ । विज्ञहरूका अनुसार, यो भेरिएन्ट संक्रामक र बलियो भएकाले खोपहरूको असर पनि यसमा परिरहेको छैन । तर सबै खोप कम्पनीले यस भेरिएन्टलाई पनि आफ्नो खोपले रोक्ने बताइरहेका छन् ।

यसैबीच जोनसन यान्ड जोनसनले आफ्नो सिंगल डोज खोपले डेल्टा भेरिएन्ट र भाइरसको अन्य स्ट्रेनका लागि असरदार रहेको दाबी गरेको छ ।

जोनसन यान्ड जोनसनले संक्रमणविरुद्ध खोपले लामो समयसम्म दोहोरो सुरक्षा दिने बताएको छ । कम्पनीको डेटा अनुसार, खोप लिने मानिसहरूमा कम्तीमा पनि आठ महिनासम्म इम्युन रेस्पोन्स पाइएको छ ।

कम्पनीका अनुसार, यो खोप ८५ प्रतिशतसम्म प्रभावकारी छ । अनि यसले संक्रमितलाई अस्पताल भर्ना हुन र मृत्युबाट समेत बचाउँछ ।

जोनसन यान्ड जोनसनका अनुसन्धान प्रमुख डा मथाई मेमनले भने, ‘आठ महिनाको डेटा हेर्दा हाम्रो कम्पनीको सिंगल शट भ्याक्सिनले बलियो न्युट्रलाइजिङ एन्टीबडी बनाउने र त्यो समयक्रममा थप बलियो बन्दै जाने देखाएको छ ।’

यो खोप लगाउने मानिसहरूमा डेल्टा सहित सबै भेरिएन्टविरुद्ध बलियो एन्टीबडी पाइएको र खोपको डेटा बायोआरएक्सआईभीमा बुझाएको कम्पनीको दाबी छ । तर यस अध्ययनको समीक्षा गरिसकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah