दमक। लायन्सकर्मीहरुद्वरा लायन बर्ष २०२१/२२ को नया कार्यकालको सुरुवातमा पहिले दिन july १ तारिख को दिन ब्लड डोनेसन र दोस्रोदिन वृक्षारोपण गरि मानएको छ । वृक्षारोपण मोरङको मिक्लजुङ ७, मधुमल्लामा आज एकै दिन विभिन्न जात जाति का २०० विरुवा रोपिएको छ । दमकका लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा यत्रो संख्यामा विरुवा रोपिएको हो ।
ट्री प्लानटेशन एण्ड क्यरिंग नाम दिइएको सो कार्यक्रमा लायन्सकर्मीहरुले मावा नुनसरी सामुदायिक वन मिक्लजुङ ७, मधुमल्लामा विभिन्न जातका विरुवा रोपेको जोन चेयर पर्सन तुलसीराम तिम्सिना सवाल नेपाललाई जानकारी दिनु भयो ।
प्रत्येक वर्ष आयोजना गर्दै आएको वृक्षारोपण कार्यक्रम आज गरिएको पनि वहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष जोन चेयर पर्सन तुलसीराम तिम्सिना र कासी राम खाती प्रमुख आतिथ्यतामा चिफ गवर्नर ऐड अजय अग्रवाल, विशिष्ट अतिथी इम्प्यक्ट एरिया चिफ ज्ञान नाथ पौडेल गरिएको वृक्षारोपण कार्यक्रममा दमकका ७ क्लब र मधुमल्ला १ लायन्स क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




















