दमक/ झापाको दमक लायन्स फुड बैक स्थापनाको घोषणा भएको छ । फुड बैकका लागि आवश्यक तयारी पुरा भएको जनाईएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्की सहितको लायन्स पदाधिकारीहरुको उपस्थितिमा शनिबार दमकमा लायन्स फुड बैंक घोषणा भएको हो ।
सामाजिक क्षेत्रमा यहाँका लायन्स क्लवहरुले गरेको कामको गर्भनर कार्कीले प्रंशशा गर्दै फुड बैक स्थापना अत्यन्तै आवश्यक काम भएको बताए । उनले यसमा आफ्नोतर्फ पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
फुड बैंक स्थापनामा दमकका सम्पूर्ण लायन्स क्लवहरुको सहभागिता रहेको लायन्स लिडर अजय अग्रवालले बताए । उनले यसलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक नीति नियम बनाएर अघि बढ्ने पनि जनाए ।
इम्प्याक्ट लायन्स लिडर ज्ञाननाथ पौड्यालका अनुसार शनिवारमा ९ हजार केजी चामलको प्रतिबद्धता आएको छ । फुड बैंकमा कम्तिमा पनि १५ हजार केजी चामल राखिने र त्यो गरिवको झुपडिमा पुर्याईने पनि पौड्यालले बताए ।
लायन्स क्लव अफ झापाले ५ सय केजी चामल फुड बैंकमा उपलब्ध गराउने क्लवका अध्यक्ष अशोक चौधरीले बताए । उनले लायन्स क्लव झापा सहित दमकका सबै क्लवहरुको यो संयुक्त प्रयासको एउटा अब्बल कार्यको थालनी भएको रुपमा लिएको जनाए ।
रिजन चियर पर्सन दिवश राईले दमकमा लायन्स क्लवहरुले यो बर्ष सामुहिक रुपमा राम्राराम्रा कामहरुको थालनी गरेको बताए । सामुहिक रक्तदान, फुड बैंक स्थापना, बृक्षारोपणजस्ता कार्यक्रमहरु भइरहेको पनि उनले जनाए ।










