अन्तराष्ट्रिय

भारतमा ४३ हजार संक्रमित थपिए


  काठमाडौं   सवाल नेपाल   २०७८ असार २०, १४:२२

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ४३ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ४७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ४ लाख नाघेको छ। संक्रमितमध्ये २ करोड ६५ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ८ हजार संक्रमित थपिएका छन् भने ९६ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८७ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिँदा १६ सय ३१ को मृत्यु भएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार