साउदी अरबमा संस्थागत क्वारेन्टाइन बस्दाको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टाइन बस्दा लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने भएका हुन् । सात दिनको संस्थागत क्वारेन्टाइन खर्च करिब १ हजार अमेरिकी डलरको हाराहारीमा तोकेको विभागले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभागका अनुसार साउदी सरकारले गत २०२१ मे २० गतेबाट साउदी अरब प्रवेश गर्न कोरोनाविरुद्धको खोपको मात्रा पूरा नगरेका विदेशी नागरिक साउदीमा अवतरण भएपछि अनिवार्य रुपमा सात दिनको संस्थागत क्वारेन्टाइन बस्नु पर्ने नियम लागू गरेको थियो ।

क्वारेन्टाइन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन परराष्ट्र मन्त्रालयले निरन्तर पहल गर्दै आएको थियो । विभागका अनुसार दूतावासबाट साउदी परराष्ट्र मन्त्रालयमा १० जुन र १३ जुनमा पत्राचार गरिएको थियो ।