दमक / अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत दमक क्षेत्रमा रहेका बिभिन्न क्लबहरुले एक हप्ताको अवधिमा ४० लाख रुपैयाँ भन्दा धेरैको समाजिक कामहरु गरेको जनाएका छन् ।

दमक क्षेत्र अन्तर्गत रहेका २२ वटा लायन्स क्लबहरुले गत एक हप्ताको अवधिमा यस क्षेत्रमा ४२ लाख रुपैयाँ बराबरका बिभिन्न १ सय ७६ सामाजिक कार्यक्रमहरु गरेका हुन । दमक आसपासमा रहेका २२ वटा लायन्सहरुको अग्रसरतामा ति कार्यक्रमहरु गरिएको एरिया चिफ ज्ञाननाथ पौडेल ज्ञानुले जानकारी दिए । दमकमा आज पत्रकार सम्मेलन गर्दै लायन्सको अवधारणा अन्तर्गत दृष्टी, वातावरण, गरिबि न्युनिकरण, रक्तदान र डायबिटिज रोग बिरुद्धका बिभिन्न कार्यक्रमहरु गरिएको उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जहाँ आवस्यकता त्यहा लायन्स भन्ने नारा सहित स्थापना भएको लायन्स क्लबले रक्तदान, बृक्षारोपण, आँखा जाँच सम्बन्धि निशुल्क शिबिर लगायतका कार्यक्रम गरिएको कार्यक्रमका प्रमुख अतिथि क्यबिनेट ट्रेजरर कमल शाक्यले जानकारी दिए ।

लायन्स ईन्टरनेश्नलको सहयोगबाट पनि यर क्षेत्रमा धेरै कार्यक्रमहरु गरिएको लायन्सका गभर्ननर एड अजय अग्रवालले बताए । आगामी दिनमा प्रकोप व्यवस्थापन, मानविय सेवाका कार्य र युवा लक्षित कार्यक्रमहरु गरिने उनले बताए । उक्त पत्रकार समेलनमा जोन चियर पर्सन तुलसीराम तिम्सिना, रेगिना प्रसाई, काशी खाती, विभिन्न क्लबका सदस्यको उपस्थिति रहेको थियो ।