एजेन्सी । पाकिस्तानको उत्तरी भागमा बुधबार एउटा यात्रुवाहक बसमा बम विस्फोट हुँदा ९ जना चिनियाँ नागरिकलगायत १३ जनाको ज्यान गएको छ ।बेइजिङले यस घटनालाई बम विस्फोटनको संज्ञा दिए पनि इस्लामावादले भने सवारी दुर्घटना मात्र भएको जनाएको छ । विस्फोटपछि बस सडक नजिकको खोंचमा खसेको थियो । यस घटनामा दुईजना पाकिस्तानी सैनिक पनि मारिएका छन् ।

प्रहरी तथा अन्तर्राष्ट्रिय समाचार निकायका अनुसार विस्फोट भएको स्थान पश्चिमी प्रान्त खाइबर–पाख्तुन्ख्वामा बेइजिङको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका जलविद्युत् परियोजनामा धेरै वर्षदेखि चिनियाँ इन्जिनियर र पाकिस्तानी निर्माण कामदारहरू कार्यरत रहँदै आएका छन् । पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनामा आफ्ना नौ जना नागरिकले ज्यान गुमाएको पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको पूर्ण छानबिन तथा आफ्ना नागरिक र परियोजनाको रक्षा गरिने जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले यान्त्रिक गडबडीको कारण ग्यास चुहिँदा विस्फोट भएको जनाएको छ ।हाजारा क्षेत्रका एकजना वरिष्ठ सरकारी अधिकारीले नाम नखलाउने शर्तमा अपर कोहिस्तानस्थित दासु बाँधतर्फ गइरहेको सो बसमा ३० जना चिनियाँ इन्जिनियर रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय