अन्तराष्ट्रिय

अमेरिकाको वाशिङ्टन डीसीमा गोली चल्यो


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण ८, १३:०२

काठमाण्डाै – अमेरिकाको वाशिङ्टन डीसीमा गोलाबारी भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा डेढ किलोमिटरको दूरीमा गोली चलेको बीबीसीले जनाएको छ ।

बन्दुकधारी गोली चलाएर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई जनामध्ये एक जना लक्षित व्यक्ति थिए । एउटा रेष्टुरेन्टबाहिर बन्दुकधारीले गोली चलाएका हुन् । अमेरिकामा पटक-पटक यस्ता घटना हुने गरेका छन् । त्यहाँ बन्दुक आक्रमणका घटना हरेक वर्ष बढ्दै गएको छ ।

सन् २०१८ पछि हरेक वर्ष बन्दुक आक्रमणका घटना बढेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्ता हिंसात्मक घटना रोक्न प्रयास थाल्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार