झापाको दमकमा नेपाली काँग्रेसका मेयर ढुण्डिराज भण्डारीले ल्याएको मतले दमकमा ठूलै चर्चा पाएको छ । काँग्रेसका लागि यो अनपेक्षित परिणाम हो । सामाजिक सञ्जाल फेसबुकहरुमा पार्टीभित्रबाट अन्र्तघात भएको भन्दै कडाकडा आक्रोश पोखिन थालेको पाईएको छ ।

यो प्रारम्भिक मत परिणाम भएकाले अहिले नै केहि भन्न नसक्ने अवस्था रहेपनि अहिलेसम्मको मतगणनामा नेपाली काँग्रेस चौधो रहेको छ । दमकमा संगठन बिस्तार र कार्यकर्ताहरुको हिसाबमा काँग्रेस दोश्रो रहेको थियो । यद्यपि संबिधानसभा निर्वाचनमा तेश्रो रहेको थियो ।

भण्डारी निकटस्थलहरुले अन्तरघात भएको बताउन थालेकाछन् । उकुशमुकुश भावानालाइ सामाजिक सञ्जालहरुमा पोखिरहेकाछन् । के साच्चिकै पार्टी भित्रबाट अन्र्तघात भएकै हो ? नेपाली काँग्रेसका एक नेताले यो नतिजाले काँग्रेसलाइ कमजोर तुल्याएको र यस बिषयमा प्रतिक्रिया दिइ हाल्ने अवस्था आइनसकेको बताए ।

मत परिणामले काँग्रेसका कार्यकर्ताहरुमा निराशा र आक्रोश देखिएको छ । युवा ब्याक्तिलाइ उम्मेद्वार बनाउदा यस्तो अवस्था आएकोमा युवाहरु बढि चिन्तित देखिएकाछन् ।

काँग्रेसका युवा नेता चन्द्र खत्रीले सामाजिक सञ्जाल फेसबुकमा नैतिकता भए वडा नं. १ र २ का नेतालाइ राजिनामा दिन सुझाव नै दिएकाछन् । यसले कार्यकर्ताहरुको आक्रोशलाइ प्रतिबिम्बित गरेको छ ।

अन्तरघातले आखिर कस्लाइ फाइदा पुग्यो ? पछिल्लो मत परिणाममा एमाले, राप्रपा र माओबादी केन्द्र प्रतिस्पर्धामाछन् भने मेयरका काँग्रेस निक्कै पछि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah