अन्तराष्ट्रिय

दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने


  काठमाडौं   एजेन्सी   २०७८ श्रावण ११, ०९:०५

काठमाण्डौ – भारतको दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने भएका छन् ।

सिट क्षमताअनुसार आजदेखि मेट्रो रेल र सार्वजनिक बस चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि क्षमताभन्दा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन हुँदै आएको थियो ।

यस्तै, दिल्लीमा आजदेखि सपिङ मल पनि खुल्दै छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म मल खोल्न अनुमति दिइएको छ ।

यस्तै, थिएटर र सिनेमाघर ५० प्रतिशत क्षमतामा खुलाउन पाइनेछ । कोरोना भाइरसको सङ्क्रमण केही नियन्त्रणमा आएकाले यी क्षेत्रमा लागेको प्रतिबन्ध हटाइएको खबरमा उल्लेख छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार