भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १४ लाख ११ हजार २६२ पुगेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ सय १६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार ९६७ पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै भारतमा एकैदिन ३५ हजार ९ सय ६८ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोेरोना मुक्त हुनेको संख्या ३ करोड ५ लाख ७९ हजार १०६ पुगेको छ।

भारतमा हाल ४ लाख ५ हजार ३०६ संक्रिय संक्रमित रहेका छन् । यस्तै भारतमा ४३ करोड ५१ लाख ९६ हजारले कोरोना खोप लगाएका छन् भने भारतमा सोमबार मात्र १९ लाखले कोरोना खोप लगाएका छन् ।