Love D Dogs फेसबुक ग्रुपमा आबद्द सदस्यहरुले वडा युवा संजाल दमक ७ को सहयोगमा विगतका केही दिन देखि दमक क्षेत्रभित्र सडकमा रहेका बेवारिसे कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम गर्दै आएका छन। हालसम्म २० ओटा कार्यक्रम सम्पन्न भैसकेको छ ।

Love D Dogs ग्रुपकि प्रेरणा दर्नाल भन्छिन "बेवारिसे कुकुरलाई खाना खुवाउने मात्र होइन, औषधि लगायत उद्दारको निम्ति पनि हामीलाइ अझै धेरै हातेमालोको आवश्यकता छ।"

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस कार्यक्रम अन्तर्गत हरेक दिन दमकका विभिन्न क्षेत्रमा हिँडडुल गर्ने बेवारिसे कुकुरहरू लाइ खाना खुवाइदै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने कुरा सहयोगी युवा संजाल दमक ७ का अध्यक्ष सुरज बन्जाराले जानकारी गराए।

आजको यो मानवता हराउदै गएको युगमा बेवारिसे कुकुरहरूलाइ खाना खुवाउदै पशु पनि मानवझैं प्राणी भएको र समस्त जीवहरुको रक्षा नै मानवको कर्म भएको हुनाले यस्ता पशुमैत्री कार्यक्रम हरेक टोलटोलमा गरिनुपर्ने आवश्यकता रहेको र त्यसको निम्ति सहृदयी मनहरुले हातेमालो गर्दै अगाडी बढ्न उनले आह्वान समेत गरे।

यदि यस्ता सामाजिक कार्यमा हातेमालो गर्न चाहनुहुन्छ भने Love D Dogs कि कार्यक्रम संयोजक प्रेरणा दर्नाल लाइ सम्पर्क नम्बर 9817980758 साथै सुरज शर्मा बन्जारा लाइ 9824085122 मा सम्पर्क गर्न सक्नुहुनेछ।