काठमाण्डाै – तालिबानका एक अधिकारीले उनको समूहले अफगानिस्तानको राजधानी काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थालेको बताएका छन् । अब नागरिकलाई आफ्नो सुरक्षाका लागि यसको आवश्यक नभएको तालिबान अधिकारीले बताएका छन् ।
बीबीसीको अरबी सेवाका अनुसार तालिबानका एक अधिकारीले भनेका छन्, ‘नागरिकले आफ्नो सुरक्षाका लागि हतियार राख्दै आएका थिए । अब उनीहरू सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ सर्वसाधारणलाई नोक्सान पुर्याउन आएका होइनौँ ।’
तालिबानका हतियारधारी लडाकु सोमवार स्थानीय टीभी च्यानल टोलो न्युजको भवन पुगेर त्यहाँका सुरक्षाकर्मीको हतियार लिएका थिए ।
टोलो न्युजले एक ट्वीट गर्दै भनेको छ, ‘तालिबान काबुलमा रहेको हाम्रो भवनमा आए, हाम्रा सुरक्षाकर्मीबारे हतियारको बारेमा सोधे । हामीलाई सरकारले दिएको हतियार फिर्ता लिए र हामीलाई सुरक्षित राख्ने वचन दिएका छन् ।’
https://twitter.com/TOLOnews/status/1427195730230452225?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1427195730230452225%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F57266%2F2021%2F8%2F16%2Ftaliban-start-collecting-weapons-from-people










